प्रदेश २ मा ४१९ को आरडीटी टेस्ट, दुईजनामा पोजेटिभ
र्यापिड टेस्टमा पोजेटिभ देखिएकाको परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

२०७७ बैशाख ३ बुधबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा हालसम्म ४ सयबढी शंकास्पद व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।
प्रदेशको आठै जिल्लाका ४१९ जनाको पछिल्लो दुई दिनमा आरडीटी टेस्ट गरिएको हो । जसमध्ये हालसम्म दुई व्यक्तिमा पोजेटिभ देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
पोजेटिभ देखिएका दुबै जना सप्तरीका हुन् । र्यापिड टेस्टमा पोजेटिभ देखिएकाको परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
सप्तरीमा ७८, सिरहामा ४७, धनुषामा ९, महोत्तरीमा २६, सर्लाहीमा ५७, रौतहटमा १ सय ६९, बारामा १० र पर्सामा ११ जनाको र्यापिड टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…