लकडाउन लम्ब्याउन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुको सुझाव
न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामक

२०७६ चैत २९ शनिबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । सो छलफलमा मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड दिएका छन् ।
अहिलेकै अवस्थामा लकडाउन खोलिए संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गर्दै लकडाउन केही समय थप गर्नुपर्ने उनीहरुको धारणा थियो । यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावश्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…