सिरहामा लकडाउनबाट प्रभावित गरिब विपन्नलाई राहत
न्यूज ब्यूरो, सिरहा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनबाट प्रभावित गरिब विपन्नलाई सिरहामा राहत वितरण गरिएको छ । लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा सिरहाले एक सय दश विपन्न गरिव परिवारलाई राहत बाँडेको हो । सिरहा नगरपा
२०७६ चैत २९ शनिबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनबाट प्रभावित गरिब विपन्नलाई सिरहामा राहत वितरण गरिएको छ ।
लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा सिरहाले एक सय दश विपन्न गरिव परिवारलाई राहत बाँडेको हो । सिरहा नगरपालिका ७ का वडा सदस्य हरिदेव मुखिया र ९ का वडा सदस्य शोभादेवी यादवले उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रतिपरिवारलाई १५ किलो चामल, १ किलो मुसुरोको दाल, १ किलो नुन र ५ सय ग्राम खानेतेल वितरण गरिएको छ । सिरहाको विभिन्न स्थानमा नेशनलले संचालन गर्दै आएको ५५ समूहका ७ सय सदस्यहरु मध्ये अति गरिव तथा विपन्न परिवारका १ सय १० सदस्यलाई राहत वितरण गरिएको शाखा प्रबन्धक लोकेश कुमार यादवले बताए ।
स्थलगत निरिक्षण गरेर राहत वितरणका लक्षित सहभागी छनौट गरिएको प्रबन्धक यादवले जनाए । दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा राहत पाएकाहरु दातालाई धन्यवाद दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
बद्री नारायण यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…