नेपाललाई मोदीको बचन : 'कोरोनासँग जुध्न सहयोग जारी रहन्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महाव्याधिसँग जुध्नका लागि भारतले नेपाललाई प्रदान गर्दै आइरहेका सहयोगहरु निरन्तर जारी राख्ने बचन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार गरेको टेलिफोन वार्तामा भार

२०७६ चैत २९ शनिबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महाव्याधिसँग जुध्नका लागि भारतले नेपाललाई प्रदान गर्दै आइरहेका सहयोगहरु निरन्तर जारी राख्ने बचन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार गरेको टेलिफोन वार्तामा भारतले उक्त वचनबद्धता प्रकट गरेको हो । मोदीले नेपाललाई औषधि लगायतका सबै सहयोगहरु गरिरहने बचन दिए ।
भारतले नेपालसँगको सीमाक्षेत्रको व्यापार पनि बिनाअवरोध सञ्चालन गर्ने कुराको सुनिश्चित गर्ने आश्वासन पनि दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…