विदेह नगरपालिकामा ५२०० परिवारलाई राहत दिइने
वडाबाट आएको लिस्टलाई फिल्टर गरी मात्र आवश्यकमन्द परिवारलाई राहत दिइने मेयर दासले बताउनुभयो ।

२०७६ चैत २८ शुक्रबार, राति ९:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रीय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक संजय साहले ५२०० परिवारलाई राहत वितरणको योजना बनाएको बताउनुभएको छ ।
आज (शक्रबार) धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको सभापतित्वमा बसेको सर्वदलितय बैठकबाट विदेह नगरपालिका भित्रको ५२०० परिवारलाई राहत वितरण गर्ने निर्णय गरिएको हो ।
कोभीड १९ बिरुद्धको तयारी तथा नगरको सम्पूर्ण वडाहरुमा अविलम्ब वितरण गरिने जनाईएको छ । सहकारी अभियन्ता समेत रहनुभएका साहले नगरभित्रका आवश्यक व्यक्तिलाई आईतबार चैत्त ३० गते राहत वितरण गर्ने बताउनुभयो ।
नगर प्रमुख बेचन दासले लकडाउनका कारण दुई छाक खान नपाएका नगरभित्रका गरिब, विपन्न, निमुखालाई मात्र राहत वितरण गर्ने योजना बनाएको बताउनुभयो ।
प्रदेश सरकारले घोषणा गरे अनुसार राहत वितरण गरिने छ । सो क्रममा १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो तेल र सब्जी एक परिवारलाई उपलब्ध गराउने निर्णय गरिएको हो ।
“राहतलाई व्यवस्थित गर्न बिदेह नगरपालिकामा विभिन्न राजनीतिक पार्टीका नेता र वित्तीय संस्था र युबा हरूसंग छलफल गरिएको छ । तत्कालिन एमालेबाट बिदेह नगरपालिका मेयर प्रत्यासी राजकिशोर यादब, राजपा मेयर प्रत्यासी चन्द्रदिप गोईत यादब, बिदेह नगरपालिकाका वडाअध्यक्ष राजकिशोर मणडल, वडा अध्यक्ष जयराम मणडल, नेकपाका नगर अध्यक्ष दुखि मण्डल,वडा नं. ५ का वडाध्यक्ष विजय यादव सहितको राहत वितरण समिति गठन गरिएको छ ।”– मेयर दासले बताउनुभयो ।

सोही क्रममा सम्पुर्ण राजनितीक पार्टीको समर्थनमा राहतको सबै कुरा तयार गरिएको तथा ३० गते आईतबारदेखि राहत वितरण कार्यक्रम सुरु गरिने राजपाका सहकारी केन्द्रीय सँयोजक सँजय साहले थप्नुभयो ।
वडाअध्यक्ष को लिस्ट अनुसार हरेक वडामा राहत बितरण गरिने जनाईएको छ । सो सन्दर्भमा वडाबाट आएको लिस्टलाई फिल्टर गरी मात्र आवश्यकमन्द परिवारलाई राहत दिइने मेयर दासले बताउनुभयो ।
मेयर दासले विपतको घडीमा स्वास्थ्य, सुरक्षा, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा प्रदान गर्ने कर्मचारीहरुलाई अनिवार्य रूपमा मास्क, ग्ल्ब्स र गाउन प्रयोग गर्न निर्देशन समेत दिनुभयो ।
यसका साथै क्वारेन्टाइनमा कुनै समस्य नहोस् भनेर कर्मचारीहरुलाई मनोबल बढाउँदै राहत बितरण सम्बन्धी बिशेष राहत बितरण समिती गठन गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…