प्रदेश नं. २ का ५ अस्पताललाई स्तरोन्ती, जेलहरुलाई २०-२० लाख
जलेश्वर अस्पतालले बुधबारबाटै स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ |

२०७६ चैत २७ बिहीबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।
पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
त्यसै गरि बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
जलेश्वर अस्पतालले बुधबारबाटै स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ भने बाराले समेत आजै बाट स्तरोन्नतिको काम शुरु गरिने जनाएको छ।
त्यसै गरि मन्त्री परिषदले कोरोनाको त्रासका बिच अहोरात्र खटि रहेका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युन्तम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५÷५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
यता प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमता भन्दा बढी कैदी रहेको हुँदा त्याँहा कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०÷२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…