धनुषाधाम नगरपालिकामा विपन्नलाई घरघरमै राहत
न्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ । धनुषाधाम नगरपालिका ३ सिकयाहा लगायतका बस्तीमा मंगलबार राहत वितरण गरिएको हो । त्यस वडामा जम्मा ३३२ परिवारको लगत संकलन गरिएकामा मंगलबार १८० परिवारलाई रा

२०७६ चैत २६ बुधबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ ।
धनुषाधाम नगरपालिका ३ सिकयाहा लगायतका बस्तीमा मंगलबार राहत वितरण गरिएको हो । त्यस वडामा जम्मा ३३२ परिवारको लगत संकलन गरिएकामा मंगलबार १८० परिवारलाई राहत वितरण गरेको राजकिशोर साहले जनाए ।
राहत स्वरुप प्रतिघर १० किलो चामल, २ किलो दाल, २ किलो आलु, आधी किलो सोयाविन लगायतका खाद्यान्न सामाग्री दिइएको छ । बाँकी रहेकालाई वितरण कार्य जारी रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।
उनले नगरका कुनै पनि विपन्न नागरिकलाई भोकै रहन नपर्ने गरी राहत विरतणको काम गरिरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…