प्रदेश २ : दिल्ली धार्मिक सभाबाट आएका अधिकांशको रिपोर्ट यस्तो
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन् । सो भेलामा

२०७६ चैत २५ मंगलबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ ।
नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन् । सो भेलामा सहभागी भएर फर्किएका मध्ये रौतहट जिल्लाबाट १४ र बाराबाट १० जना पहिचान भएको प्रदेश सरकारले जनाएको छ ।
यसैगरी, २४ गते सप्तरीबाट नियन्त्रणमा लिइएका पाँच जनामध्ये तीन जना मुस्लिम समुदायको धार्मिक भेलाबाट आएको बताइएको छ । तर, उनीहरु पनि दिल्लीबाटै आएको भन्ने कुरा स्पष्ट भएको छैन । मुस्लिम भेलाबाट आएका तथा लुकिछिपी प्रदेशमा बसिरहेकाहरुको खोजी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश–२ सरकार सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार बारा र पर्साका २४ जनाकै स्वाब परीक्षण भइसकेको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीबाट नियन्त्रणमा लिइएकाहरुलाई क्वारेनटाइनमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…