भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ
न्यूज ब्यूरो, भारत । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको

२०७६ चैत २५ मंगलबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको बताइएको छ ।
उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । तर, शुक्रबार उनको रिपोर्ट पोजेटिभ आयो ।
कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर उनी सोमबार राति उपचाररत अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारअनुसार उनको खोजीका लागि बागपत प्रहरीले सार्वजनिक सूचना निकालेर १० टोली परिचालन गरेको थियो । बागपत प्रहरीका आईजी रेंज मेरठलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार, प्रहरीको तीव्र खोजीपछि कोरोना संक्रमित ती नेपाली खेकडाको एक इँटाभट्टा नजिकबाट पक्राउ परेका छन् ।
प्रहरीले ती व्यक्तिलाई अहिले उपचारका लागि पुनः अस्पताल लगेको बताइएको छ । खेकडा अस्पतालमा उपचारत ती नेपाली एकमात्र कोरोना संक्रमित रहेको भारतीय प्रहरीको भनाइ छ ।
तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ । सो धार्मिक समूहमा १९ जना नेपाली तबलीगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
नेपालमा लकडाउन भएपछि करिब दुई हजार एक सय बढी नेपालीहरु भारतमै क्वारेन्टाइनमा रहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…