कमला नगरपालिकामा मारवाडी सेवा समितिको राहत
माडवाडी सेवा समितिले वडा नं. २ का गरिव तथा विपन्नहरुलाई लकडाउनको लागि राहत दिएको हो ।

२०७६ चैत २४ सोमबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनमा निमुखा तथा गरिबहरुलाई मारवाडी सेवा समिति जनकपुरले राहत पुरयाएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ का विपन्न परिवारलाई समितिले आज (सोमबार) राहत वितरण गरेको हो ।
कमला बचाउ अभियानका सँयोजक बिक्रम यादवको आग्रह पहलमा माडवाडी सेवा समितिले वडा नं. २ का गरिव तथा विपन्नहरुलाई लकडाउनको लागि राहत दिएको हो ।

जिल्ला प्रसाशन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलको बिशेष पहलमा कमला नगरपालिकामा प्रथम पटक राहत वितरण कार्यक्रम सुरु गरिएको मारवाडी सेवा समितिको राहत वितरण सँयोजक निर्मल चौधरीले बताउनुभयो ।
चौधरीकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषाका मोहन झा, ईलाका प्रहरी कार्यालय खजुरीका प्रतिनिधि, सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोटका प्रतिनिधि ,स्थानीय नेता योगेन्द्र प्रसाद यादव , शिवशंकर यादवको रोहबरमा राहत वितरण गरिएको हो ।
.jpeg)
वडाका ७५ जनालाई चामल ५ के जी, दाल ५०० ग्राम, खाने तेल ५०० ग्राम, आलु ३ केजी, नुन १ केजी,बिस्कुट २ प्याकेट, चाउचाउ २ प्याकेट, सोयाबिन ४०० ग्राम गरी राहत वितरण गरिएको हो ।
कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव तथा नगरपालिकाको राहत वितरण समितिसँग समन्वय गरी राहत वितरण गरिएको हो ।
समाजिक दुरी (सोसल डिस्टान्स) व्यवस्थापन सहित वितरण गरिएको राहतमा मारवाडी सेवा समितिको तर्फबाट प्रभु दयाल जलान, पवन गोईनका, पवन केजरीवाल, सन्तोष गोईनका, काशी अग्रवाल सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…