लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रीपरिषद् बैठक बस्दै
थप जोखिम बढेपछि लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारिस गरेको हो ।

२०७६ चैत २४ सोमबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।
यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।
मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्ने जनाइएको छ । नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो ।
त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ । तर, यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै थप जोखिम बढेपछि लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारिस गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…