धनुषा : भोकै रहेका गरिब बस्तीमा समाजसेवी यादवको राहत
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनबाट प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिएको छ । धनुषाको मिथिला नगरपालिका २ पुरणदाहामा समाजसेवि जिवछ यादवले झण्डै १८० घरमा रातह बाँडेका हुन् । वडा २ को बस्तीमा बसोबास गर्दै आएका अति विपन्

२०७६ चैत २४ सोमबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनबाट प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका २ पुरणदाहामा समाजसेवि जिवछ यादवले झण्डै १८० घरमा रातह बाँडेका हुन् । वडा २ को बस्तीमा बसोबास गर्दै आएका अति विपन्न तथा गरिब परिवारलाई खाद्यान्न प्रदान गरेको उनले जानकारी दिए ।
राहत स्वरुप ५ किलो चामल, एक किलो दाल, एक किलो नुन, २ किलो आलु तथा एक हात धुने साबुन गरिब परिवालाई हस्तान्तरण गरिएको हो । उनले समाज विपत्तमा परेका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत राहत बाँडेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…