सहिदनगरमा सेट नेपालद्धारा 'पीपीई' सहयोग
न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकामा सेट नेपालले शंकास्पद विरामीको उपचारमा संलग्न चिकित्सकले लगाउने पीपीईसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सेट नेपालले आज (शनिबार) सहिदनगरमै पुगेर व्यक्तिगत सुरक्षा सामाग्री पीपीईसहितका स्वास्थ्य सामाग्रीहरु नगरप्रमुख उदय बरिबरियालाई हस्तान्तरण

२०७६ चैत २२ शनिबार, दिउँसो ३:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकामा सेट नेपालले शंकास्पद विरामीको उपचारमा संलग्न चिकित्सकले लगाउने पीपीईसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सेट नेपालले आज (शनिबार) सहिदनगरमै पुगेर व्यक्तिगत सुरक्षा सामाग्री पीपीईसहितका स्वास्थ्य सामाग्रीहरु नगरप्रमुख उदय बरिबरियालाई हस्तान्तरण गरेको हो ।
नगरप्रमुख बरबरियाको अपिल स्वीकार्दै सेट नेपालका अध्यक्ष अमित साहले कार्यालयमै पुगेर ७ थान पीपीई, सेनिटाइजरसहितका सामाग्रीहरु मेयर बरबरियालाई हस्तान्तरण गरेका हुन् । उक्त सामाग्री नगरपालिकाद्धारा सञ्चालित नगर स्तरीय क्वारेन्टाइन कक्षमा खट्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिनेछ ।
स्वास्थ्य सामाग्री बुझ्दै मेयर बरिबरियाले सेट नेपालप्रति आभार ज्ञापन गरे । नगरप्रमुख बरबरियाले कोरोनाविरुद्ध आवश्यक तयारीका साथ कम्मर कसेर लागेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…