धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडक छेउको बिजुली पोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक २६ वर्षीय अजयकुमार मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । अजयले चलाएको प्रदेश २(०२(

२०७६ चैत २१ शुक्रबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडक छेउको बिजुली पोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक २६ वर्षीय अजयकुमार मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
अजयले चलाएको प्रदेश २(०२(००२ प १६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…