प्रदेश २ः विहानै पानीमा पुरुषको लास
पोष्टमार्टमको लागि जिल्ला अस्पताल रौतहट लग्न लागिएको जनाइएको छ ।

२०७६ चैत २१ शुक्रबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । एकाविहानै पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको लास (शव) फेला परेको छ ।
प्रदेश नं. २ को रौतहट जिल्लाको लालबकैयाँ नदिमा एक पुरुष मृत फेला परेको हो । रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
यद्यपी, मृतकको सनाखत भने हुन सकेको छैनन् । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली अहिले घटनास्थल भर्खरै पुगेर मृतकको शवलाई पानीबाट निकालिएको प्रहरीले जनाएको छ ।
विहानै खेततर्फ जाँदा एक स्थानीयले पुरुषलाई मृत अवस्थामा पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवलाई पानीबाट निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल रौतहट लग्न लागिएको जनाइएको छ ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…