नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोन

२०७६ चैत २० बिहीबार, राति १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् ।
कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…