डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्

२०७६ चैत १९ बुधबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ ।
कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…