प्रदेश २ः राहत वितरणमा झडप, १५ जना अस्पतालमा !
सन्तोष तिवारीको अध्यक्षतामा राहत वितरण कार्यक्रम तय भएको थियो ।

२०७६ चैत १९ बुधबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । लकडाउनमा गरिब, विपन्नहरुलाई राहत बाँडने क्रममा भएको झडपमा परी १५ जना घाईते भएका छन् ।
आज (बुधबार) बीरगन्ज महानगपालिका वडा नम्बर १९ विन्दबास्नीमा राहत वितरणलाई लिएर दुई पक्ष बिच झडप भएको हो ।
उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडपमा करिब १५ जान घाइते भएका छन् । उपेन्द्र पक्षको २ जना र प्रभु यादव पक्षको १३ जना घाइतेहरुको अहिले नारायणी अस्पतालमा उपचार भईरहेको छ।
बीरगन्जमहानगरपालिका वडा नम्बर १९ बिन्दबास्नीमा टोलमा ७०० विपन्न परिवारलाई राहत बाँडने कार्यक्रम तय भएको थियो ।
सोही अनुरुप बर्वाटोलमा २०० जनालाई राहत दिने सहमति भएकोमा १० जना थप भएपछि विवाद सुरु भएको थियो ।
सन्तोष तिवारीको अध्यक्षतामा राहत वितरण कार्यक्रम तय भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…