४०० बढी भारतीय नागरिकलाई भित्र कोचियो
लक डाउनको बेला अलपत्र परेकाहरुको व्यवस्थापन जहाँ भेटिएका छन् त्यही देशले गर्ने भएका छन् ।

२०७६ चैत १९ बुधबार, दिउँसो ३:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सरकारले लकडाउन गरेको बेला पनि बाहिर निस्केर भारत जान लागेका ४०० बढी भारतीय नागरिकलाई भित्र कोचिएको छ ।
वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा कोचेर भारतीयहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनमा लगेर कोचेर राखेको हो ।
४ सयजति भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो ।
लक डाउनको बेला अलपत्र परेकाहरुको व्यवस्थापन जहाँ भेटिएका छन् त्यही देशले गर्ने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…