प्रदेश २ : उपचार नगर्ने निजी अस्पताल कब्जा गर्न निर्देशन !
कार्यक्षेत्ररबिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ

२०७६ चैत १९ बुधबार, दिउँसो २:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारवाही गर्न निर्देशन दिएको छ ।
संकटको घडीमा आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश सरकारले पत्राचार गरेको हो ।
सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले त्यस्ता अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाएको छ ।
न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्ने गराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।
माथिल्लो निकायको कार्यक्षेत्ररबिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।
निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…