मन्त्री यादवको निर्देशन : 'लकडाउनमा कोही भोकै नरहोस्'
मन्त्री यादवले लकडाउन अवधि बढेमा पुनः दोश्रो चरणको राहत योजना ल्याउने बाचा गरे ।

२०७६ चैत १९ बुधबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले लकडाउन अवधिमा प्रदेशका कुनै पनि नागरिकलाई भाकै नराखिने बताएका छन् ।
मन्त्री यादवले बुधबार एक भिडियो संदेश जारी गर्दै यस्तो बताएका हुन् । प्रदेश सरकारले प्रदेशभरीका १३६ वटै स्थानीय तहलाई लकडाउनबाट प्रभावित नागरिकलाई राहन दिन रकम उपलब्ध गराइसकेको बताउँदै उनले कसैलाई भोकै बस्न नपर्ने बताए ।
मन्त्री यादवले राहतको लागि महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले पठाएको भन्दै उक्त रकम प्रयोग गरी यथाशिघ्र राहत वितरणको काम अगाडि बढाउन स्थानीय तहलाई निर्देशन दिए । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने यस प्रदेशका गरिब, मजदुर, विपन्न तथा किसान कोही भोको रहन नपर्ने गरी राहत बाँड्न मन्त्री यादवले आग्रह गरे ।
मन्त्री यादवले लकडाउन अवधि बढेमा पुनः दोश्रो चरणको राहत योजना ल्याउने बाचा गरे । विश्वभर फैलिएको कोरोना महामारीको समयमा आफ्ना नागरिकलाई आवश्यक हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि उनले जनाए ।
कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको पालना गर्दै कोरोनाविरुद्धको अभियानमा लाग्न उनले प्रदेशवासीलाई आग्रहसमेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…