लकडाउनमा थप कडाई गर्ने सरकारको निर्णय
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको कार्यान्वयनमा अझ कडाई गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तीय समितिले लकडाउनमा अझ कडाई गर्ने निर्णय गरेको हो । लकडाउनको अवज्ञा बढ्दो देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो । जनताकै सुरक्षाको ल

२०७६ चैत १९ बुधबार, बिहान ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको कार्यान्वयनमा अझ कडाई गर्ने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तीय समितिले लकडाउनमा अझ कडाई गर्ने निर्णय गरेको हो । लकडाउनको अवज्ञा बढ्दो देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
जनताकै सुरक्षाको लकडाउन गरिएपनि लकडाउनको व्यापक उल्लंघन भइरहेको देखिएको छ । अन्य सवारीसाधणहरु बन्द भएपछि एम्बुलेन्स नै यात्रु ओसारपोसारमा लागेको पाइएको छ ।
यससँगै लकडाउन पालना गराउन प्रहरी थप कडाईका प्रस्तुत हुनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…