मिथिला नगरपालिकामा वडाध्यक्षले बाँडे मास्क र साबुन
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न मिथिला नगरपालिकामा सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको छ । मिथिला नगरपालिका ८ को विभिन्न बस्तीमा सर्वसाधारणलाई सचेतना स्वरुप मास्क र साबुन वितरण गरिएको हो । वडाभरीमा रहेको झण्डै १५ सय घरधुरीमा सो सामाग्र
२०७६ चैत १८ मंगलबार, बिहान ११:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न मिथिला नगरपालिकामा सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको छ ।
मिथिला नगरपालिका ८ को विभिन्न बस्तीमा सर्वसाधारणलाई सचेतना स्वरुप मास्क र साबुन वितरण गरिएको हो । वडाभरीमा रहेको झण्डै १५ सय घरधुरीमा सो सामाग्री वितरण गरेको वडाध्यक्ष देवनारायण महतोले जानकारी दिए ।
आफ्ना जनतालाई सुरक्षित रहन वडाका हरेक नागरिकलाई नछुटाई मास्क र साबुन प्रदान गरेको उनले बताए । उनले आफ्ना वडाबासीलाई सुरक्षित भएर बस्न आग्रहसमेत गरेका छन् ।
वडाध्यक्ष महतोले वडाभित्रका गरिब तथा विपन्नलाई चाँडै खाद्यान्न पनि उपलब्ध गराउने योजनामा रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…