प्रदेश २ सरकारले गरिबलाई खुवाउन स्थानीय तहलाई रुपैयाँ पठायो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न निकायलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा त्यसबाट प्रभावित गरिब, मजदुरलाई खाद्यान्न दिन प्रदेश सरकारले स्थानीय तहदेखि अस्पतालसम्मलाई सो रकम पठाएको हो । सामाजिक विकास मन्त्रालयमार्फत मा

२०७६ चैत १७ सोमबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न निकायलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा त्यसबाट प्रभावित गरिब, मजदुरलाई खाद्यान्न दिन प्रदेश सरकारले स्थानीय तहदेखि अस्पतालसम्मलाई सो रकम पठाएको हो । सामाजिक विकास मन्त्रालयमार्फत मातहतका निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य आपूर्ति व्यवस्थापन, प्रत्येक पालिका, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल लगायतलाई रुपैयाँ पठाइएको छ ।
प्रदेश सरकारले गरिब तथा मजदुरलाई लकडाउनको अवधिमा खाना खुवाउनका लागि प्रत्येक पालिकालाई पाँच लाखको दरले रुपैयाँ पठाएको छ । यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालयलाई ८ लाख, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई १५ लाख र जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख रुपैयाँ दिइएको छ ।
त्यसैगरी, प्रादेशिक अस्पताल जनकपुरलाई १२ लाख रुपैयाँ, प्रदेश नम्बर २ को ८ वटै जिल्ला अस्पताललाई १०–१० लाख रुपैयाँको दरले पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…