सबैलामा पनि २५ बेडको क्वारेन्टाइन निर्माण
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले पनि क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप २५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । सबैला नगरपालिकाको बर्कुर्वा माविमा २५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको नगरप्रमुख विजयशंकर प्रसाद साह

२०७६ चैत १६ आइतबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले पनि क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप २५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । सबैला नगरपालिकाको बर्कुर्वा माविमा २५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको नगरप्रमुख विजयशंकर प्रसाद साहले जानकारी दिए ।
मेयर साहले कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहेको जनाएका छन् । नगरका नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन नगरपालिकाले मेडिकल टिम खटाएका छन् ।
नगरपालिकाले कुनै शंकास्पद व्यक्ति देखिए तत्कालै एक्सन लिने तयारीका साथ २४सै घण्टा २ एम्बुलेन्स पनि तयार राखेको छ । नगरप्रमुख साहले देश बाहिरबाट आएका व्यक्तिलाई सम्पर्क गर्न र स्वास्थ्य जाँच गराउन आग्रह पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…