लकडाउन थप ८ दिन बढाइयो
न्यूज ब्यूरो, काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (आइतबार) बसेको बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमित क्रमशः बढ्दै गएकाले लकडाउन अवधि बढाइएको छ । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले

२०७६ चैत १६ आइतबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज (आइतबार) बसेको बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमित क्रमशः बढ्दै गएकाले लकडाउन अवधि बढाइएको छ ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने टुंगो लगाएको हो ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।
यससँगै अब भोलि विहानदेखि थप ८ दिन देश लकडाउन रहनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…