प्रदेश २ : दुईसय ३२ जना क्वारेन्टाइनमा
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा प्रदेश २ मा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो समय भारत लगायत देश बाहिरबाट नेपाल आएका २३२ जना शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु आआफ्ने जिल्लामा क्वारेन्टाइनमा राख

२०७६ चैत १५ शनिबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा प्रदेश २ मा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
पछिल्लो समय भारत लगायत देश बाहिरबाट नेपाल आएका २३२ जना शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु आआफ्ने जिल्लामा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जानकारी अनुसार, रौतहटमा ६५ जना क्वारेन्टाइनमा राखिएको छ । यसैगरी रौतहटबाट तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
सप्तरीमा विभिन्न क्वारेन्टाइनमा १२२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए ।
सर्लाहीमा दुईजना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
महोत्तरीमा हालसम्म कोही शंकास्पद आएको छैन । प्रदेश २ मा हालसम्म कुनै शंकास्पद व्यक्तिमा पोजिटिभ देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…