प्रदेश २ : विभिन्न गाउँको सडक निगरानीमा युवा
जनचेतनाको अभावमा सर्वसाधारण यताउता गर्न छाडेका छैनन् ।

२०७६ चैत १५ शनिबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको उल्लंघन बढेपछि प्रदेश २ को विभिन्न जिल्लामा प्रवेश रोक लगाइएको छ ।
प्रदेश २ को विभिन्न गाउँमा स्थानीयहरुले सडकमा प्रवेश रोक लगाएका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोक्न विभिन्न गाउँका युवाहरुले सडकमै बार लगाएर आवागमन रोकेका हुन् ।
नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले नागरिककै सुरक्षाको लागि लकडाउन गरेपनि ग्रमिण क्षेत्रमा आउजाउ रोकिएको छैन । जनचेतनाको अभावमा सर्वसाधारण यताउता गर्न छाडेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…