लकडाउनको अवधि बढाउने सरकारको तयारी
शंकास्पद व्यक्तिहरुको जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत् राख्ने तयारी सरकारको छ ।

२०७६ चैत १४ शुक्रबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि लागू गरेको लकडाउनको अवधि बढाउने तयारी थालेको छ ।
कोरोनाको फैलिन नदिन एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको हो । शंकास्पद व्यक्तिहरुको जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत् राख्ने तयारी सरकारको छ ।
हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत् राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…