लकडाउनको उल्लंघन बढेपछि सडकै घेरियो
न्यूज ब्यूरो, महोत्तरी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन सफल बनाउन महोत्तरीको जलेश्वर नगरपालिकामा युवाहरुले सडक बन्द गरेका छन् । लकडाउनको अवज्ञा बढेपछि जलेश्वर ७ अंकरका युवाहरुले गाउँको सडक बाँसले घेरेका हुन् । लकडाउन जनताकै सुर

२०७६ चैत १४ शुक्रबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन सफल बनाउन महोत्तरीको जलेश्वर नगरपालिकामा युवाहरुले सडक बन्द गरेका छन् ।
लकडाउनको अवज्ञा बढेपछि जलेश्वर ७ अंकरका युवाहरुले गाउँको सडक बाँसले घेरेका हुन् । लकडाउन जनताकै सुरक्षाको लागि भएपनि उल्लंघन भएको देखिएपछि उनीहरुले यस्तो गरेका हुन् ।
बढी आउजाउ हुने सडकमा प्रहरीले निगरानी बढाएपछि त्यस क्षेत्रका सर्वसाधारणहरुले अंकरको बाटो हुँदै आवतजावत गरिरहेका थिए । लकडाउनमा घरभित्र ननिस्कन भनिएपनि सर्वसाधारण त्यसको अवज्ञा गरेपछि अंकर गाउँको सडक पनि बन्द गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…