लकडाउन : जनकपुरबाट २१ जनासहित ७३ सवारी नियन्त्रणमा
लकडाउन अवधिमा सर्वसाधारणमाथि निगरानी राख्न देशैभर मोटो संख्यामा तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०७६ चैत १२ बुधबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैँलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने दर्जनौं सर्वसाधारणसहित सवारीसाधन जनकपुरबाट नियन्त्रणमा लिइएको छ ।
कोरोना संक्रमण रोकथाम तथा सतर्कताको लागि नेपाल सरकारले लागू गरेको लकडाउनको दोश्रो दिन आज (बुधबार) जनकपुरबाट झण्डै २१ जना सर्वसाधारणसहित ७३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको हो । पक्राउ पर्ने सवारीसाधनमा अधिकांश मोटरसाइकल छन् ।
विहानदेखि समाचार तयार पार्दासम्म (६ बजेसम्म) लकडाउन अवज्ञा गर्ने २१ जनासहित ७३ गाडी नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले न्यूज ब्यूरोलाई जानकारी दिए । विना कामले घर बाहिर सडकमा देखिएका केहीलाई भने काम समात्न लगाएर उठबस गराई सम्झाएर घर पठाएको उनले बताए ।
लकडाउनको पहिलो दिन हिजो धनुषा प्रहरीले झण्डै चारसय जति सवारीसाधन नियन्त्रणमा लिएको थियो । लकडाउन अवधिमा सर्वसाधारणमाथि निगरानी राख्न देशैभर मोटो संख्यामा तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…