जनकपुरबाट लकडाउन उल्लंघन गर्ने ३७० गाडी पक्राउ
जनचेतनाको अभावमा लकडाउनको नियम उल्लंघन गरिएको देखिएको हो ।

२०७६ चैत ११ मंगलबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आज (मँगलबार) विहान ६ बजेदेखि लगाएको लकडाउन (एक प्रकारको कर्फयू) उल्लंघन गर्ने ३ सय ७० सवारी नियान्त्रणमा लिइएको छ ।
विहानैदेखि बेलुकासम्मको तथ्याँक अनुसार जनकपुर सहित जिल्लाको विभिन्न ठाउँमा ३ सय ७० सवारी साधनहरु नियन्त्रणमा लिइएको हो । सो सँगै ८ जनालाई समेत नियन्त्रणमा राखिएको छ ।
विना अनुमति, जिल्ला प्रशासनको पास, ईमरजेन्सीको सवारी चलाएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरको भानुचोकबाट सबभन्दा बढी मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य ठाउँबाट पनि बस, जीप, पिकअप, मोटरसाईकल, ई–रिक्साहरु समेत नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरसको महामारीबाट जोगाउनको लागि नेपाल सरकारले देशलाई एक साताको लागि लकडाउन गरेपनि जनकपुरमा भने त्यसको व्यापक उलंघन गरेको देखियो ।
प्रथम दिन भएकोले सूचना प्रवाहको कमिका कारण पनि लकडाउनलाई वेवास्ता गरी सडकमा निस्कीँदा पक्राउ गरिएको जनाइएको छ । जथाभावी मोटरसाईक कुदाउनेहरुलाई बढी पक्राउ गरिएको जनाइएको छ ।
धनुषा प्रहरीको व्यापक फोर्स परिचालनको बाबजुद पनि प्रथम दिन (आज) लकडाउन भने फितलो देखियो । कोरोनाको सँक्रमणबाट बच्न सुरक्षाकर्मीहरुले दिनभरि सडकमा उभिएर जनतालाई सुरक्षा दिएको छ ।
लकडाउन आम नागरिककै सुरक्षाको लागि हो भनेर जनचेतनाको अभावमा लकडाउनको नियम उल्लंघन गरिएको देखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…