कोरोना भाइरस : कामना नर्सिङ होमले सञ्चालन गर्यो हेल्पलाइन सेवा
न्यूज ब्यूरो, सिरहा । नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि सिरहाको लहानमा अवस्थित कामना नर्सिङ होमले सर्वसाधारणका लागि हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । विश्वभर नै महामारीको रुपमा फैलिँदै गएको कोरोनाको जोखिम नेपालमा बढ्दै गएपछि अस्पतालले हेल्पलाइन सेवा सञ्चालन गरेको हो । नेपालमा क

२०७६ चैत ११ मंगलबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि सिरहाको लहानमा अवस्थित कामना नर्सिङ होमले सर्वसाधारणका लागि हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
विश्वभर नै महामारीको रुपमा फैलिँदै गएको कोरोनाको जोखिम नेपालमा बढ्दै गएपछि अस्पतालले हेल्पलाइन सेवा सञ्चालन गरेको हो । नेपालमा कोरोना रोकथामका लागि पूरै देश एकजुट भइरहेका बेला आफूहरुले पनि प्राविधिक क्षमता तथा श्रोत साधनको उच्चतम प्रयोग गर्दै कोरोना रोकथाममा सहयोग गर्न अघि बढेको अस्पतालले जनाएको छ ।
कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको निर्देशनलाई अंगिकार गर्दै अस्पतालले हाललाई ओपिडी सेवा बन्द गरेको छ । इमेर्जेन्सी सेवा भने २४सै घण्टा खुल्ला रहने अस्पतालका सञ्चालक रोशन कुशवाहाले जानकारी दिए ।
अस्पतालले कुनैपनि सेवा वा जानकारीको लागि ०३३–५६०६१६, ९८५२०३२३३६, ९८५२८३३१४९, ९८५२८३२०३२, ९८४२८५०४७५ र ९८०६६५८७०८ हेल्पलाइन नम्बर उपलब्ध गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…