लकडाउन उल्लंघन गरे हुनेछ यस्तो कारबाही !
न्यूज ब्यूरो, काठमाडौं । सरकारले भोलि (मंगलबार) बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश लक डाउन गर्ने निर्णय गरेको छ । लक डाउनको अवधिमा नागरिकहरुले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन पाउने छैनन् । यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कि पाउ

२०७६ चैत १० सोमबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले भोलि (मंगलबार) बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश लक डाउन गर्ने निर्णय गरेको छ ।
लक डाउनको अवधिमा नागरिकहरुले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन पाउने छैनन् । यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कि पाउने छन् ।
त्यस्तै सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लाग्नेछ । स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी मात्र चल्नेछन् । तोकिएका र सुरक्षा निकायका बाहेक कुनै पनि विमान उड्न पाउने छैन ।
यसको उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले प्रदान गरेको छ ।
सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गर्न सक्नेछन् । त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ । सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ ।
त्यस्तै काममा सरकारी अधिकारीको काममा बाधा पुर्याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिबाना र ६ महिना कैद वा दुवै हुन व्यवस्था छ । सरकारले कोरोना रोकथामका लागि चालेको कदममा सहयोग गर्न पनि नागरिकलाई आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…