जनकपुरमा पोखरीमा डुबेर एकको मृत्यु
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा एक पुरुषको शव फेला परेको हो । सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएकोे छ । मृतक चौधरी थरको रहेको तर, पहिचान भने खुल्न सके

२०७६ चैत १० सोमबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा एक पुरुषको शव फेला परेको हो । सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएकोे छ ।
मृतक चौधरी थरको रहेको तर, पहिचान भने खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…