नेपालमा पनि 'जनता कर्फ्यु'को तयारी
यसअघि हिजो आइतबार मात्रै भारत सरकारले भारतमा जनता कर्फ्यू लगाएको थियो ।

२०७६ चैत १० सोमबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि नेपाल सरकारले जनता कर्फ्यू लगाउने तयारीबारे छलफल गरेको छ ।
सरकारको आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जनता कर्फ्यू लगाउने विषयमा पनि छलफल भएको हो । जनता कफ्र्यू लगाउनका लागि नै भारत र चीनको सीमा नाकाबन्दीको अभ्यास गरेको छ ।
नाकाबन्दीबाट जोखिमलाई नियन्त्रण गर्दै पछि जनता कफ्र्यु लगाउने तयारी भइरहेको एकजना मन्त्रीले जानकारी दिए । सरकारले कोरोना संक्रमण भित्रिन नदिन सरकारले गरिरहेको प्रयासमा सबैलाई साथ दिन आह्वानसमेत गरेको छ ।
यसअघि हिजो आइतबार मात्रै भारत सरकारले भारतमा जनता कर्फ्यू लगाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…