वीरगञ्जका एकजनामा कोरोना संक्रमणको शंका
कोरोना संक्रमण को शंका भएपछि उनलाई आइसोलेसनमा राखिएको छ ।

२०७६ चैत ९ आइतबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जका एकजनामा कोरोना भाइरसको संक्रमणको शंका भएको छ ।
वीरगञ्जका प्रतिष्ठिक व्यापारी ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको शंका गरिएको छ । भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएका थिए ।
स्वास्थ्यमा गडबडी देखिएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि उनी पटना पुगेका थिए । उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।
कोरोना संक्रमणको शंका गरिएको थियो ।शंका भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले पनि यसको पुष्टि गरेका छन् । उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिएको उनले बताए ।
यसअघि उनमा कोरोनाको शंका पुष्टि भएको भनेर विभिन्न सँचारमाध्यम सहित भारतीय सँचारमाध्यहरुले समाचार प्रकाशित गरेपनि अस्पतालले भने यसको अधिकारिक पुष्टि गरेको छैन । अन्त्यसम्म उनमा कोरोनाको नेगेटिभ प्रभाव भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…