गाउँ बचाउन सडक छेउमा १०० वृक्षारोपण
१०० वृक्ष स्थानीय प्रशासन, स्थानीयवासी, युवाहरुको सहयोगमा रोपण गरिएको हो ।

२०७६ चैत ९ आइतबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दिनप्रतिदिन मौसमको प्रतिकूलता र पर्यावरण प्रतिकुलतालाई मध्यनजर गर्दै गाउँको सडक छेउमा वृक्षारोपण गरिएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा टोलको सडक छेउहरुमा वृक्षारोपण गरिएको छ । पर्यावरण जोगिए सँसार जोगिने बताउँदै वातावरण स्वच्छ र निर्मूल पार्ने सहायता हेतु वृक्षारोपण गरिएको हो ।
नेपाल विद्यार्थी संघ सिटिइभिटी प्रदेश २ का पदाधिकारी तथा उनकै आयोजनामा सो कार्यक्रम गरिएको हो । १०० वृक्ष स्थानीय प्रशासन, स्थानीयवासी, युवाहरुको सहयोगमा रोपण गरिएको हो ।
गाउँमा वृक्षारोपण गर्नको लागि रौतहटको आदित्य फलफुल नर्सरीले विरुवा उपलब्ध गराएको नेविसंघ सिटिइभिटी प्रदेश २ का अध्यक्ष ईन्द्रजीत गोईतले जानकारी दिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १००÷१०० पिस थान ग्लोब्स समेत उपलब्ध गराएको छ ।
बृक्षारोपण समारोहमा नेपाली कांग्रेसका नेता रजेश्वोर गोइत, जनकनन्दनी गाउँपालिका पुर्ब सचिब रामचन्द्र मरिक, गाउँपालिकाको कार्यपालिका सदस्य पशुपती साफी, नेपाल प्रहरी इनर्वाका इन्चार्ज कृष्ण मोहन सिंह ससस्त्र प्रहरीका इन्चार्ज गंगाराम मण्डल लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…