कोरोनाको त्रास: सार्वजनिक सवारी सँचालनमा रोक !
सीमा नाकामा अनिर्वाय स्वास्थ्य जााचको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

२०७६ चैत ७ शुक्रबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चैत्र १० गतेदेखि सार्वजनिक सवारी सँचालनमा रोक लगाउने बताउनुभएको छ ।
आज साँझ प्रम ओलीले देशवासीको नाममा सम्बोधन गर्दै आगामी १० गतेदेखि लामो दुरीमा सार्वजनिक सवारी सधान सँचालनमा रोक लगाउने भन्नुभएको छ ।
सरकारले चैत १० गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । यस्तै चैत ९ देखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय हवाई उडान रोक लगाएको पनि उहाँले बताउनुभयो ।
चैत ९ देखि १८ गतेसम्मका लागि सबै उडान स्थगित सहित सीमा नाकामा अनिर्वाय स्वास्थ्य जााचको व्यवस्था मिलाइएको बताउनुभएको छ ।
सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय समेत बन्द गर्ने भएको छ ।
देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुभएको हो ।
निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि थप्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…