नेता यादवको नाम जोड्नेले मागे माफी, 'जनताको शिर झुक्न दिनेछैन'
नेता यादव कानुनी प्रक्रियामा प्रवेश नगर्दै सुरजीत सिंह (गुड्डु) ले उनको स्टाटसमा कमेन्ट गर्दै सार्वजनिक माफी मागेका छन् ।

२०७६ चैत ७ शुक्रबार, बिहान ११:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताले साढे दुई करोड रुपैयाँ घुस मागेको अडियो प्रकरणमा संलग्न व्यक्तिले माफी मागेका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको नाम जोड्ने सुरजीत सिंह गुड्डुले सार्वजनिक रुपमा माफी मागेका हुन् । अडियो टेप सार्वजनिक गर्ने सुरजीत सिंह (गुड्डु) ले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग माफी मागेका हुन् ।
अडियो टेप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै अध्यक्ष यादवले गत माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन अढाई करोड रुपैयाँको लेनदेन भएको अडियो टेप प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै समाचारको खण्डन गरेका थिए ।

अडियोमा टेपमा राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा, राजकिशोर यादव, शरदसिंह भण्डारी र राजेन्द्र महतोलाई सम्बोधन गरेर कुराकानी गरिएको छ । त्यसको खण्डन गर्दै यादवले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र षड्यन्त्रपूर्वक आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका थिए ।
यो पनि पढ्नुहोस् : अडियो प्रकरण : 'मेरो संलग्नता देखिए राजनीतिबाटै सन्यास लिन्छु'
यादवले त्यसविरुद्द यसको विरुद्व कानुनी प्रक्रिया अपनाउने पनि सार्वजानिक गरेका थिए । तर, यादव कानुनी प्रक्रियामा प्रवेश नगर्दै सुरजीत सिंह (गुड्डु) ले उनको स्टाटसमा कमेन्ट गर्दै सार्वजनिक माफी मागेका छन् ।
माफीमा गुडुले तपाइँको नाम उनीहरुले विश्वास गरुन् भन्ने अभिप्रायले लिएको भन्दै आफ्नो गल्ती भएको स्वीकार गर्दै आफू कानुन बमोजिम कारबाही भोग्नसमेत तयार रहेको उल्लेख गरेका छन् ।
गत माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ बाट राष्ट्रिय सभा सदस्यको टिकटका लागि राजपाका उपाध्यक्षसमेत रहेका शेखर कुमार सिंहले साढे दुई करोड रुपैयाँ राजपाको अध्यक्ष मण्डललाई बुझाएको आरोप लागेको थियो ।
सिंहले साढे दुई करोड बुझाएको अडियो टेपमा भएको कुराकानीमा उल्लेख छ । अडियो टेपमा सुरजीत सिंह र ज्योती झाबीच संवाद भएको थियो । अडियो टेपमा नेता यादवको संग्लता नरहेको भनि गुड्डुले माफी मागेपछि नेता यादवले जनताको शिर कहिले झुक्न नदिने प्रतिक्रया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…