एईईका परीक्षार्थीहरु आन्दोलनमा
समय अवधिको बारेमा हामीलाई पनि जानकारी नभएकोले यस्तो भुल हुन गएको भन्दै गल्ति स्विकारेको छ।

२०७६ चैत ६ बिहीबार, बिहान ९:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्यालय प्रशासनको कारण एईई परीक्षार्थीहरुले आफूहरुलाई परीक्षाबाट बञ्चित गराइएको भन्दै आन्दोलन गरेका छन् ।
सर्लाहीको सदरमुकाम नगरपालिका वडा नं. २ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले टायर बालेका छन् । विधालय प्रशासनको चरम लापरवाहिको कारण तिनवटा विधार्थीहरुको भविष्य अन्योलमा परेको भन्नै उनीहरु आन्दोलन गरेका हुन् ।
सरकारी शुल्क भन्दा अतिरिक्त रकम विधालय प्रशासनलाई विधार्थीहरुले नबुझाउँदा विधार्थीलाई जानकारी नै नगराइ गोप्य रुपमा परीक्षा फारमबाट बन्चित गरेको पिडित विधार्थीहरुले गुनासो गरेको छ।
आजबाट हुने भनिएको (कोरोनाका कारण परिक्षा स्थगित गरिएको) परीक्षा भन्दा चार दिन अगाडि प्रवेशपत्र लिन आउँदा मात्र आफूहरुलाई परीक्षा फारमबाट बन्चित भएको बारे थाहा भएको जनाईएको छ ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरु कृष्ण कुमार साह, राहुल कुमार साह तथा आरती कुमारी साहले विद्यालयका लेखापाल दिपेन्द्र कुमार यादवलाई परिक्षामा सामेल हुनको लागि फारम भरी शुल्क बुझाईसक्दा पनि आफुहरुलाई प्रवेशपत्र नदिएको भन्दैे विद्यालयमा अध्यनरत १०० भन्दा बढीको संख्यामा आक्रोशित विद्यार्थीहरुले विद्यालयको मुल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका थिए ।
साथै लेखापाल यादवको पुतला दहन समेत गरेको थियो। लेखापाल दिपेन्द्र यादवले सरकारी दस्तुर भन्दाबढी पैसा लिएर आफुहरु भन्दा पछाडि आएका विद्यार्थीहरुको फारम भरेर प्रवेशपत्र समेत वितरण गरिसकेको तर हामीले सरकारी दस्तुर भन्दा बढी पैसा उहाँलाई नबुझाकोले परिक्षा फारम भर्नबाट बन्चित हुनुपरेको पिडित विद्यार्थीहरुले आरोप लगाएका छन।
पिडित छात्र कृष्ण कुमार साह र राहुल कुमार साहले लेखापाल यादवलाई २०७६ सालको एसईई परिक्षामा सहभागी हुन गत मंसिरमै फारम शुल्क बुझाइसकेको बताएका छन् ।
लेखापाल यादवको गैरजिम्मेवारीपुर्ण रवैयाले शुल्क बुझाउँदा पनि परिक्षा फारम भर्न नपाइ परिक्षामा सामेल हुनबाट बन्चित हुन परेकोले निजलाई कार्यवाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उदेश्यले विद्यालय अगाडि टायर तथा लेखापाल यादवको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको बताएका छन।
यस विषयमा लेखापाल यादवका अनुसार पहिला विद्यालयबाटै फारम भरिन्थ्यो तर अहिले भने सरकारको नयाँ निति नियम अनुसार अनलाइन फारम भर्न शुरु भएकोले फारम भर्ने समय अवधिको बारेमा हामीलाई पनि जानकारी नभएकोले यस्तो भुल हुन गएको भन्दै गल्ति स्विकारेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…