किन एकाएक स्थगित भयो SEE परीक्षा ?
यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए । अर्को परीक्षाको कहिले हुने भनेर अहिले अन्यौल छ ।

२०७६ चैत ५ बुधबार, राति ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली विहिबार विहान ८ बजेको लागि तयारी अवस्थामा बसेका एसईई परीक्षार्थीहरुमा एकाएक बादल जस्तै छायो ।
भोलीदेखि तय भएको एईई परीक्षाको लागि सम्पूर्ण तयारी भईसकेको अवस्थामा अचानक एकाएक स्थगित गर्न पुगेपछि अहिले पनि विद्यार्थी र अभिभावक अन्यौलमै छ । तर परीक्षा भने स्थगित शतप्रतिशत नै भएको छ ।
कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ ।
यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे ।
त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए । अर्को परीक्षाको कहिले हुने भनेर अहिले अन्यौल छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…