सिनेमा हल, स्कूल, जिम हाउस समेत बन्द गर्ने निर्णय !
यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसन्फेक्सन गर्न लगाउने।

२०७६ चैत ५ बुधबार, बेलुकी ६:०२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै सिनेमा हल, खेल स्थल, जीम हाउस, डान्स बार समेत बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आउँदो डेढ महिनासम्मको लागि यी सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको महामारीलाई रोक्नको लागि पूर्व तयारी स्वरुप आगामी डेढ महिना अर्थात अप्रिल ३० सम्म सिनेमा हल सहित यी ठाउँहरु बन्द गर्ने निर्ण गरिएको हो ।
यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

आज (बुधबार) गरिएका निर्णहरुमध्ये रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।
निर्णयको बुंदा नं. २ मा भने सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने ।”– भनिएको छ ।
निर्णयको बुँदा नम्बर १२ मा परीक्षाहरु यथावत राखी बालविकास, आधारभूत , मावि विद्यालयहरु भने चैत्त मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरिएको हो ।
यसका साथै, अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने। सांस्कृतिक, सामाजिक र त्यस्तै, कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा, २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने, सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने । उल्लेख गरिएको छ ।

अन्य निर्णयहरु यस प्रकार छन् ।
प्रकरण २ र ३ को कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने। सार्वजनिक सवारीसाधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने। साथै सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने। यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने ।
सार्वजनिक यातायातका सबारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसन्फेक्सन गर्न लगाउने। यस कार्यको अनुगमन यातायात व्यवस्था बिभाग र नेपाल प्रहरीले गर्ने ।
मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई एवं डिसइन्फेक्सन गर्ने । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने।
बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कार्वाही गर्ने। जस्ता निर्णयहरु गरिएको छ ।
यस्तै, निर्णयको बुँदा नं. १३ मा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।
साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…