प्रदेश २ नामाकरण : मधेश प्रदेश पनि अस्वीकृत, पुगेन १२ मत
मधेश प्रदेशको पक्षमा ६० मत मात्रै खसेको हो ।

२०७६ चैत ४ मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को सम्भावित नाम भनिएको मधेश प्रदेश पनि अस्वीकृत भएको छ ।
प्रदेशसभामा आज भएको मतदानमा मधेश प्रदेशको पक्षमा ६० मत मात्रै खसेको हो । नाम टुंगो लगाउन १२ मत अपुग भएपछि मधेश प्रदेशको प्रस्ताव अस्वीकृत भएको छ ।
प्रदेश २ को लागि जम्मा चार नाम प्रस्ताव गरिएकामा तीन नाम यसअघि अस्वीकृत भइसकेको थियो । अन्त्यमा भएको मधेश प्रदेशको लागि मतदानमा आवश्यक मत नपुग्दा प्रदेशको नामाकरणको विषय अझै टुंगो लाग्न सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…