धनुषाको चुम्का चोकमा आगलगी, पसल ध्वस्त !
आगलगीबाट पसलमा भएको किरानाको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।

२०७६ चैत ४ मंगलबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको कमला नगरपालिका वडा नं. ६ स्थित रहेको चुम्काचोकको एक पसलमा आगलगी भएको छ ।
आज विहान करिब २ः३० बजेको समयमा चोकमा रहेको एक पसलमा आगलगी भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कमला नगरपालिका वडा नं. ५ कमला नदीको किनारमा रहेको मडान स्थितको चुम्का चोकमा पसल सँचालन गर्दै आएका स्थानीय विजय महतोको पसलमा आगलगी भएको प्रहरीले जनाएको छ ।
सबै जना सुतिरहेको अवस्थामा पसलमा आगलगी भएको पीडित महतोलाई उदृत गर्दै खजुरी प्रहरीले जनाएको छ । आगलगीबाट पसलमा भएको किरानाको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।
आगलगी हुँदा राती देखेपछि मात्र चोकमा पसलमा सुतेका सबै जनाले उठेर निभाउने प्रयास गरेको थियो । पसलेहरुसँग नियन्त्रणमा नआएपछि गाउँलेको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
तबसम्म पसलभित्र भएको सबै समानहरु जलेर ध्वस्त भइसकेको थियो । करिब ५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाले बताउनुभयो ।
सोही क्रममा कमला नगरपालिका वडा नं. ५ लक्कड टोलमा समेत एक पसलमा विद्युत सर्ट भएर आगलगी भएको प्रहरीले जनाएको छ । पसलको सम्पूर्ण सरसमानहरु जलेर नष्ट भएको जनाइएको छ ।
यस्तै, स्थानीय सुरेश यादवको घरमा समेत आगलगी हुँदा लाखौको समानहरु जलेर नष्ट भएको छ । यादवको घरको बरण्डामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगलगी भएको हो ।
आगलगीबाट कुनै प्रकारको मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पसलमा आगो कसैले लगाएको अनुमान गरिएको छ । सो घटना सम्बन्धनमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…