प्रदेश २ को नाम र राजधानीको लागि आज मतदान
प्रदेशको राजधानी जनकपुरधाम नै पक्कापकी भएपनि नाम भने मतदानपछि नै टुंगो लाग्नेछ ।

२०७६ चैत ४ मंगलबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको लागि आज मतदान हुन लागेको छ ।
राजधानीको बिषयमा सबै दलबीच सहमति जुटेपनि नाममा सत्तारुढ र प्रतिपक्षी दलबीच कुरा नमिल्दा मतदानबाट टुंगो लगाउन लागिएको हो । मतदानको लागि आज ८ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
तीन महिनापछि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियो ।
नामाकरणका लागि सत्तारुढ दलले मधेश प्रदेश, कांग्रेसले मिथिला प्रदेश नेकपाले जानकी प्रदेश र विरगञ्जतिरका कांग्रेस र समाजवादीका केही सांसदले मध्यमधेश नाम राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रदेशको राजधानी जनकपुरधाम नै पक्कापकी भएपनि नाम भने मतदानपछि नै टुंगो लाग्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…