कोरोना आशंका गरिएका सिरहाका ११ जनामा ज्वरो मात्र !
कोरोना आशंकाको हल्लाले त्यसक्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।

२०७६ चैत ४ मंगलबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण आशंका गरिएका सिरहाका ११ जनामा ज्वरो मात्र भएको पाइएको छ ।
सिरहाको सिरहा नगरपालिका–१० नरहैयाका ११ जना बिरामीमा कोरोना संक्रमणको आशंका गरिएपछि थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको थियो ।
तर, उनीहरुको स्वास्थ्य जाँच गर्दा सामान्य ज्वरो मात्र रहेको पाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा कोरोनाको आशंका गरिएको थियो ।
कोरोना आशंकाको हल्लाले त्यसक्षेत्रका बासिन्दा त्रसित बनेका थिए । कोरोनाको हल्लाले त्रास उपन्न भएपछि त्यहाँका वडाध्यक्षको सहयोगमा उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…