ल्यापटपपछि साँसदहरुलाई जुत्ता र कपडा फ्रि , त्यसमा पनि भ्रष्टाचार !
केही महिनाअघि प्रदेशसभा सचिवालयले सांसदलाई ल्यापटप समेत वितरण गरेको थियो ।

२०७६ चैत ३ सोमबार, बेलुकी ६:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का साँसद तथा मन्त्रीहरुलाई फ्रि मा जुत्ता र ट्रयाक्ट उपलब्ध गराईएको छ ।
केही दिन पूर्व मात्रै एक लाख रुपैयाँ बढीको एक एक ल्यापट पाएका प्रदेश साँसदहरुले जुत्ता र ट्रयाक समेत निःशुल्क पाएका हुन् । साँसद तथा मन्त्रीहरुलाई प्रदेश सरकार सचिवालयले सो सुविधा दिएको हो ।
गत माघ २१ गते प्रदेशसभा सचिवालयले दोस्रो वार्षिकोत्सव मनाउने क्रममा प्रदेश सभाका १ सय ७ जना सांसद सहित करीब ७० जना सचिवालयका कर्मचारी समेतका लागि महंगो ट्रयाक सूट किनेर वितरण गरेको भनेर पत्रकार अजय अनुरागीले लोकान्तरमा समाचार लेख्नुभएको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले प्रदेश सभाले वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलकुद आयोजना गरिएको र त्यहीँ खेलकुदमा भाग लिने सांसद तथा सचिवालयका कर्मचारीलाई ट्रयाक सूट र जुत्ता दिने भनेर सांसदकै संयोजकत्वमा गठित मूल समारोह समितिले निर्णय गरेको बताइएको छ ।

सबै सांसद तथा कर्मचारीलाई सूट र जुत्ता दिने निर्णय गरिएको जनाउँदै त्यहीँ निर्णय अनुसार १ सय ८० थान जति ट्रयाक सूट किनिएको जनाइएको छ ।
केही महिनाअघि प्रदेशसभा सचिवालयले सांसदलाई ल्यापटप समेत वितरण गरेको थियो । त्यसपछि जुत्ता र कपडा समेत वितरण गरिएको हो ।
भलिबल, ब्याडमिन्टन, विभिन्न किसिमका दौड, चेस, म्युजिकल चेयर लगायतका खेलकुदको आयोजना गरिएको थियो ।
ती खेलमा सांसद तथा सचिवालयका कर्मचारीहरू खेलाडीसरह सहभागी भएका थिए ।
दूर्गा ट्रेड लिंक जनकपुरबाट ती सबै ट्रयाक सूट किनिएको भएपनि हालसम्म बिल भने आएको छैन भने जुत्ताको लागि केही साँसदहरुले मूल्यभन्दा अधिक रकम लिएको देखिएको छ ।
एक सांसदले २ हजार रुपैयाँमा किनेको जुत्ताको ५ हजार रुपैयाँको बिल प्रदेश सभाको नाममा बनाएर लगेको देखिएको छ । पत्रकार अनुरागीले लोकान्तरमा लेखेका समाचारमा जुत्ता पसलका सञ्चालकले सो जानकारी दिएका हुन् ।
सन्दर्भ समाग्रीः लोकान्तर, ३ चैत, लिंक : https://lokaantar.com/story/103288/2020/3/16/province-2
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…