खुल्ला दारुबाट मृतक परिवारलाई मधेश सरकारले ३/३ लाख दिने घोषणा
मुख्यमन्त्री राउतसँगै प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव समेत पुग्नुभएको थियो ।

२०७६ चैत ३ सोमबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला दारु (रक्सी) सेवनबाट मृत्यू भएका धनुषाका मृतक परिवारलाई ३/३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले सोमबार (आज) विहानै धनुषाको रमदैया मृतक परिवारहरुसँग भेटघाट गर्दै मृतक प्रत्येक परिवारलाई प्रदेश सरकारको तर्फबाट ३-३ लाख रुपैयाँ क्षतिपूर्ति दिने बताउनुभएको छ ।
आज विहान ८ बजे धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ रमदैयामा पुगेर पीडित परिवारलाई सो रकमको घोषणा गर्नुभएको हो ।
“यो रकम ठुलो रकम होइनन् , ज्यानको कुनै किमत छैन, तर सान्तावना स्वरुप, राहत स्वरुप मात्र हो । ज्यानमारालाई ज्यानको मुद्दा लगाएर सख्त कारवाही गर्नेछौं । सरकार तपाईहरुको साथमा छ ।”– उहाँले भन्नुभयो ।
रमदैया टोलमा अहिलेसम्म १४ जनाको मृत्यू भएको भनेर भनेपछि प्रहरीको तथ्याँक अनुसार मृतक सबै परिवारले ३-३ लाख रुपैयाँ पाउने भएको छ ।
यसका साथै, पीडित परिवारसँग भाव्हील भएका मुख्यमन्त्री राउतले पक्राउ गरिकाहरु उपर ज्यान मुद्दा चलाउने आश्वासन दिनुभएको छ ।
मुख्यमन्त्री राउतसँगै प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव समेत पुग्नुभएको थियो ।
आईतबार पूर्व मन्त्री रघुवीर महासेठले पीडित परिवारलाई किरिया खर्च स्वरुप जनही २०/२० हजार रुपैयाँ दिनुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…