शहिदनगरका मेयर एक्सनमा, भठ्ठी खोज्दै प्रहरी
अबदेखि यस्तो भठ्ठी सँचालन गरे कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिइएको हो ।

२०७६ चैत २ आइतबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा भठ्ठी भत्काउ अभियान चलाइएको छ ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव र ईलाका प्रहरी कार्यालय यदूकूहाको सँयुक्त टोलीले नगरमा लुकिछिपी सँचालनमा रहेको भठ्ठी तोडफोड गर्ने अभियान चलाएको छ ।
प्रथम दिन आज (आईतबार) शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहामा सँचालित अवैद्य मदिरा भठ्ठी भत्काएको छ । ईलाका प्रहरी कार्यालय यदुकूहा, सशस्त्र प्रहरी बल र नगरपालिकाका जनप्रतिनीधिहरुले सँयुक्त रुपमा सो अभियान चलाएको हो ।

मेयर बरबरिया, प्रहरी नीरिक्षक दीपक बाबु केसी, सशस्त्र प्रहरी बलका प्रहरी नीरिक्षक मदन धानुक, वडाध्यक्ष नं. ३ का वडाध्यक्ष नागेन्द्र मण्डल, नगरकी उप प्रमुख शिला देवी कापर सहितको टोलीले छापामारी गरिरहेको जनाइएको छ ।
यदुकूहामा सँचालनमा रहेको स्थानीय अयोयिधा चौधरीको दारु भठ्ठी भत्काइएको हो । सोही क्रममा १ हजार ५० लिटर तयारी मदिरा सहित कैयौं लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको छ ।
रक्सी उत्पादन गरिने अन्य कच्चा पदार्थहरु समेत नष्ट गरिदै अबदेखि यस्तो भठ्ठी सँचालन गरे कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…